सरकारले जेनजी क्लिनिक सञ्चालन गर्ने


२०८२ असोज ११ शनिबार १८:५७ बजे

काठमाडौँ : सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको सहज र प्रभावकारी उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार घाइतेहरूको पहिचान, वर्गीकरण र उपचार प्रक्रिया सहज बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत तोकिएका अस्पतालहरूमा क्लिनिक स्थापना गरिनेछ।

यस कार्यका लागि गृह तथा स्वास्थ्य मन्त्रालयले सम्पर्क व्यक्ति तोक्नेछ, जसले अस्पताल र पीडितबीच समन्वय गर्ने जिम्मेवारी लिनेछन् ।

उपचारमा संलग्न अस्पतालका विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी, सम्बन्धित अस्पतालमार्फत उपचार प्रक्रिया प्रारम्भ गरिने मन्त्रालयले जनाएको छ।

घाइतेहरूको पहिचान र सेवा पहुँच सुनिश्चित गर्न असोज १२ गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरिनेछ। उक्त कक्षमार्फत घाइतेहरूलाई परिचयपत्र वितरण गरिनेछ, जसको आधारमा उनीहरूले विभिन्न सेवामा पहुँच पाउनेछन्।

फलोअप उपचार आवश्यक हुने घाइतेहरूको लागि एम्बुलेन्स सेवा पनि उपलब्ध गराइने छ । घाइतेले परिचयपत्र देखाएर नि:शुल्क रूपमा अस्पताल आउजाउ गर्नका लागि सो एम्बुलेन्सको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७