नेपालले वेस्ट इन्डिजलाई दियो १४९ रनको लक्ष्य


२०८२ असोज ११ शनिबार २२:०१ बजे

काठमाडौँ : वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज (युनिटी कप) अन्तर्गत पहिलो खेलमा नेपालले १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

शारजाह खेल मैदान युएईमा कप्तान रोहितकुमार पौडेल र कुशल मल्लको अर्धशतकीय साझेदारीसँगै नेपालले पहिलो टी-२० आई सिरिजमा वेस्ट इन्डिजलाई माध्यम लक्ष्य दिएको हो । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

१२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । यद्यपी फिनिसिङ राम्रो हुन नसक्दा नेपाल १५० भित्रै रोकियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७