राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेट गर्दै उनले प्रधानमन्त्री कार्कीलाई कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
उनीहरूबीच भेटमा विकसित राजनीतिक घटनाक्रमसहित राष्ट्रियसभाले अब खेल्नसक्ने भूमिकाको विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष दाहालले राष्ट्रियसभाको काम–कारबाही, अवस्था र नयाँ बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।