अर्थमन्त्री खनाल पुगे खण्डहर भाटभाटेनीको अवलोकनमा


२०८२ भदौ ३१ मंगलबार १५:३५ बजे

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले भाटभटेनीको कोटेश्वरस्थित भवनको अवलोकन गरेका छन् । अर्थसचिवलाई लिएर उनी जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट खण्डहर बनाइएको सो भवनको अवलोकन गर्न उनी कोटेश्वर पुगेका थिए ।

भाटभटेनीले फेसबुक पोस्ट गर्दै मन्त्रीको उपस्थितिले ठूलो हिम्मत र उत्साह मिलेको जनाएको छ । 'उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ । भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन। हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं।'

यस अवलोकनले विषम परिस्थितिमा निजी क्षेत्रमा एक सकारात्मक सन्देश दिएको छ । अर्थमन्त्री खनालले आर्थिक संकटको बावजूद निजी क्षेत्रले देशको अर्थतन्त्रमा योगदान दिन सकिरहनुपर्ने र जसका लागि राज्यले निजी क्षेत्रलाई अझ सबल बनाउन सहयोग गर्ने सन्देश दिएका छन् ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७