कुलमानको निर्देशन : प्राधिकरणमा रहेको मन्त्रीको कार्यकक्ष बन्द गर्नू


२०८२ भदौ ३१ मंगलबार १६:४४ बजे

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्रीको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रीसमेत रहेका उनले उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न पनि निर्देशन दिएका हुन्। यस कार्यकक्षलाई पूर्व ऊर्जामन्त्री दीपक खड्काले घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक रहेका बेला सञ्चालनमा ल्याएका थिए।

यसअघिका ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणमा 'मन्त्री कार्यकक्ष' बनाउन लगाएका थिए । त्यतिबेला घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक थिए । खड्का र घिसिङबीच विवाद चलिरहेको थियो ।

प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशकप्रति सरकारले नकारात्मक प्रतिक्रिया दिइरहँदा मन्त्रीको कार्यकक्षले प्राधिकरणको तत्कालिन नेतृत्वलाई थप दबाब राख्न सो कार्यकक्ष खोलिएको थियो । डेडिकेटेड र ट्रंकलाइनको विषयमा तत्कालिन कार्यकारी निर्देशक घिसिङ र ऊर्जा मन्त्रीबीच टसल परेको थियो।

कुलमान ऊर्जामन्त्री बनेलगत्तै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७