हितेन्द्रले कुलमानलाई बधाई दिँदै भने : ऊर्जा क्षेत्रमा कुलमानको विशिष्ट योगदान छ

काठमाडौँ : ऊर्जामन्त्री कुलमान घिसिङलाई दुई दिनपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बधाई दिएका छन् ।
घिसिङ प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हुन् । उनलाई निवर्तामान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्खास्त गरेर शाक्यलाई कार्यकारी निर्देशक बनाएका थिए ।
तर जेनजी प्रदर्शनबाट ओली सरकारको बहिर्गमनपछि घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् ।
आज निर्देशक शाक्यले फेसबुकमा बधाई दिँदै भनेका छन् :
‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ । सफल कार्यकाल र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण ऊर्जा क्षेत्रको सफलतासहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु।