महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा


२०८२ भदौ २९ आइतबार १६:२१ बजे

काठमार्डौं :  महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएका हुन् । 

बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।  बडाललाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७