२४ वटा शवको पोस्टमार्टम सम्पन्न


२०८२ भदौ २९ आइतबार १५:४० बजे

काठमाडौँ : जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २४ शवको पोस्टमार्टम सकिएको छ ।

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका अनुसार २४  शवको पोस्टमार्टम भएको छ भने हालसम्म १९ शव आफन्तले बुझिसकेका छन् । यी शव काठमाडौं उपत्याका मात्रै हुन् । विभागका अनुसार ७ वटाको शव पूर्ण रुपमा जलेको अवस्थामा छन् । 

चुच्चेपाटीको भाटभटेनीबाट सात वटा शव आएका छन् । जुन कंकालको अवस्थामा रहेको विभागले जनाएको छ ।उनीहरूको दाँतको बनावट, शरीरभित्र इम्प्लान्ट वा फिंगर प्रिन्टको भरमा पहिचान भएपछि मात्रै शव परिवारलाई दिन सकिने अस्पतालले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७