संसद भवनभित्र प्रवेश गर्ने जेनजीको प्रयास, रोक्न अश्रुग्यास प्रहार


२०८२ भदौ २३ सोमबार १२:११ बजे

काठमाडौं । निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढेको जेनजी आन्दोलनलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

संघीय संसद भवनको ३ नं गेटबाट भित्र छिर्न खोजिरहेका आन्दोलनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

भ्रष्टाचार तथा कुशासनविरुद्ध आन्दोलनरत नयाँ पुस्ताका युवाहरूले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर अघि बढेका हुन् । 
उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्याससँगै पानीको फोहोरा प्रहार गरेको छ ,

सोमबार विहानैबाट प्रदर्शन गरेका उनीहरूले माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेका हुन् ।

जेनजीको प्रदर्शनलाई ध्यान दिएर काठमाडौंमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ ।

जेनजीले काठमाडौंबाहिर पोखरा, बुटवल, दाङलगायतका सहरमा पनि प्रदर्शन गरिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७