सामाजिक सञ्जाल बन्दविरुद्धका १० वटा रिट : दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार


२०८२ भदौ २२ आइतबार १९:०५ बजे

काठमाडौँ : सरकारको कदमविरुद्ध परेका सबै रिठ दरपीठ गर्ने सर्वोच्च अदालतले निर्णय गरेको छ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमविरुद्धका १० वठा रिट परेकोमा प्रशासनले दर्ता अस्वीकार गर्ने निर्णय गरेको सर्वोच्चले जनाएको छ ।

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्कीले यी रिट दर्ता नहुने निर्णय गरेका हुन् । गत शुक्रबारदेखि फेसबुकलगायतका समाजिक सञ्जाल सरकारले प्रतिबन्ध लगाएको थियो ।

मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले नेपालमा सञ्चालित सामाजिक सञ्जालका प्लेटफर्म ७ दिनभित्र सूचीकरण गर्नुपर्ने र त्यस अवधिमा सूचीकरण नभएका सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।

सरकारको कदम बदर गर्न भन्दै विभिन्न कानुन व्यवसायी तथा अधिकारकर्मीहरूले रिट दिए पनि सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको हो ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७