नेकपा (एमाले) विधान महाधिवेशन विशेष

सामाजिक सञ्जाल बन्द बारे ओलीको प्रश्न : ४ जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान ?


२०८२ भदौ २२ आइतबार १८:२० बजे

काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रिय स्वाभिमान भन्दा ४ जनाको जागिर ठुलो नभएको जिकिर गरेका छन् । उनले सोधेका छन्, ‘अहिले चार जना मानिसको रोजगारी खोसिएको भन्दा देशको स्वाधीनता ठुलो हो, देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ ?’

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिको सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहन बताए । ‘कानुनअनुसार चल भन्न पनि नपाइने ? राष्ट्रलाई अटेरी गर्ने ? संसारमा कुनै देशले यति निरिहता देखाउँछ ?’ उनले भने।

ओलीले जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको पनि दाबी गरे । कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठुलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ”, उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७