२९ बुँदे प्रस्ताव पारित गर्दै एमाले विधान महाधिवेशन सम्पन्न


२०८२ भदौ २२ आइतबार १९:५२ बजे

काठमाडौं : नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन २९ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।

शुक्रबारदेखि ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा ३ वटा महत्वपूर्ण प्रस्ताव पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

महाधिवेशनको अन्तिम दिन आइतबार, प्रतिवेदन प्रस्तुतकर्ताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएपछि प्रतिवेदन पारित गरियो ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पौडेलले विधान संशोधनका बारेमा प्रतिवेदन पेस गरेका थिए भने महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन पारित गर्नु अघि अध्यक्ष ओलीले समूहगत छलफलमा उठेका समग्र मुद्दाहरूको उत्तर दिन २ घण्टा लगाएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७