जेन-जीको अपील : हामीलाई साथ दिनुहोस्, यो संघर्ष केवल युवाको मात्र होइन


२०८२ भदौ २२ आइतबार १७:४८ बजे

काठमाडौँ : जेन-जीले सोमबार गर्न लागेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न स्वार्थ समूहको संलग्नता हुनसक्ने आँकलन हुन थालेपछि उनीहरूले विज्ञप्ति निकाल्दै शान्तिपूर्ण हुने जनाएको छ । 

भ्रष्टाचार र बेतिथिविरुद्ध जेनजीले सोमबार गर्न लागेको प्रदर्शन शान्तिपूर्ण र मर्यादित जनाएको हो । साथै भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपालीको साझा अभियान भएको बताउदै सबै जनताले साथ दिनुपर्ने उनीहरूको अपील छ । 

प्रदर्शनको आयोजिकहरुमध्यको एक आम नेपाली युवाले आइतबार एक सूचना जारी गर्दै काठमाडौँको माइतीघर मण्डलासहित देशभरि एकैसाथ ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ प्रदर्शन हुने बताएको छ। 

यता, काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको छ । संसद भवन घेराउ गर्ने कार्यक्रम सार्वजनिक भएकाले सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरेर सोमबार साँझ बैठक बस्न लागेको हो । बंगलादेश मोडलको आन्दोलन भन्दै जेनजी पुस्ता सन्देश प्रवाह गरेपछि बैठक बस्न लागेको स्रोतले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७