‘जेनी- जी’को प्रर्दशन : सुरुमा मार्चपास , गीत– कविता सुनाउन पाइने, कसैले भाषण नगर्ने
भोलि बिहान ९ बजेदेखि माइतीघरबाट नयाँ वानेश्वरसम्म मार्चपास

काठमाडौं : ‘जेनी– जी’ले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेतिथिविरुद्ध सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गर्ने भएका छन्। उनीहरुले ९ देखि ११ बजेसम्म मार्चपास गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएको जिल्लचा प्रशासन कार्यालयले जनाएको छ ।
सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई-कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै जेन्जीले आन्दोलनको घोषणा गरेका हुन् ।
आन्दोलनमा कसैले पनि भाषण नगर्ने बताइएको छ । आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाइनेछ । तर, स्रष्टाहरु २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।
उनीहरुले बिनासर्त सामाजिक संजाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका मागअघि अघि सारेका छन् । आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यवद्धता जनाइरहेका छन् ।
जेनजीको आन्दोलनलाई कन्टेन्ट क्रियटर्सहरुले साथ दिएका छन् । टिकटक लगायतका प्लेटफर्म धेरै फ्लोवर्स भएका प्रयोगकर्ताले राजनीतिकरण हुन नदिन पनि अपिल गरिरहेका छन् ।