जेन-जी पुस्ताको अर्को ट्रेण्ड ‘नेपो किड’


२०८२ भदौ २२ आइतबार १७:५७ बजे

काठमाडौँ : सरकारले नेपालमा फेसबुक र युटुबलगायतका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि टिकटकमा जेन-जी पुस्ता एउटा अभियान चलाएका छन् ।

जेन-जी पुस्ताले नेताहरूको घर, गहना, गाडी र महँगो पोसाकका सागै छोराछोरीको फोटोसँगै नेपालका गरिब निमुखाको दैनिकीको भिडियो/फोटो जोडेर उनीहरूले ‘नेपो बेबी’ र ‘नेपो किड’को ट्रेण्ड सुरु गरेका हुन् ।

उनीहरुले भ्रष्टाचारविरुद्ध ‘ह्यासट्याग’ अभियान नै चलाएका छन् । यो अभियानमा जेनजी पुस्ताको बाहुल्यता देखिन्छ ।

‘हामी जेन्जी पुस्ता हौँ,अब मूर्ख हुन चाहन्नौँ’, ‘भ्रष्टाचारविरुद्ध युवाहरु जागौँ’, ‘अब पर्खिने होइन, एक्सन लिऔँ’,‘हाम्रो भविष्य खतरामा नपारौँ’ जस्ता नारासहित फोटो र भिडिओ प्रचारमार्फत उनीहरूले प्रचार गरिरहेका छन् ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७