दुर्गा प्रसाईं लक्षित बालेनको टिप्पणी : ‘जेनी-जी’को आन्दोलनमा बहुला अभियान्ताहरू बाठो नबन्नु होला


२०८२ भदौ २२ आइतबार १५:४२ बजे

काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दुर्गा प्रसाईं लक्षित स्टाटस पोस्ट गर्दै बहुला अभियान्ताको संज्ञा दिएका छन् ।

सोमबार स्व:स्फूर्त हुने 'जेन-जी'को आन्दोलनमा दुर्गा प्रसाईंले सहभागिता जनाउने घोषणा गरेको केही बेरमा मेयर शाहले उमेर हद लाग्ने भएको भन्दै आफू सहभागी नहुने र अरुलाई पनि फाइदा नलिन आग्रह गरेका हुन् ।

जेज जी पुस्ताले रुचाएका नेता बालेनले फेसबुक स्टाटसमार्फत भनेका छन्,'मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी , नेता, कार्यकर्ता, सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला ।'

यसअघि मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘जेनजी’ युवाहरूले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएका प्रसाईंको अहिले पनि मुद्दा चलिरहेको छ । धरौटीमा रिहा भएका प्रसाईं अहिले युवाहरुले सामाजिक सञ्जाल बन्द लगायत विरोधमा गर्न लागेको आन्दोलनमा मिसिने घोषणा गरेका हुन् ।

सोमबार सामाजिक सन्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध ‘जेन–जी’ पुस्ताले प्रदर्शनको गर्दैछ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको सोमबार माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्।

सन् १९९७ देखि २०१२ बिचमा जन्मिएका नसंख्यालाई अंग्रेजी वर्णमालाको अन्तिम अक्षर ‘जेड’सँग जोडेर ‘जेनेरेसन–जेड’ अर्थात् छोटकरीमा ‘जेन–जी भनिन्छ ।

 

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७