नेपाली विशेषतामा आधारित समाजवाद जबजको विकल्प होइन : ओली

‘हिजो अदालत थियो, आज साइबर हमला छ’


२०८२ भदौ २२ आइतबार १७:३७ बजे

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले  जनताको बहुदलीय जनवादको विकल्प नेपाली विशेषतामा आधारित समाजवाद नभएको बताएका छन् । यो जबजकै परिष्कृत र समृद्ध स्वरूप भएको ओलीको भनाई छ । 

आइतबार गोदावरीमा दोस्रो विधान महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘भ्रममा पर्नु हुँदैन-जनताको बहुदलीय जनवादको विकल्प नेपाली विशेषतामा आधारित समाजवाद होइन, यो त जबजकै परिष्कृत र समृद्ध स्वरूप हो ।’

अध्यक्ष ओलीले हिजो एमालेमाथि अदालतको हमला भएको र आज साइबर हमला भइरहेको बताए । ‘नेकपा एमाले सरकारमा छ, यस कारण हमला चारैतिरबाट छ’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो अदालत थियो, आज साइबर हमला छ ।’

एमाले र नेतृत्वमाथि हमलाको अर्को विषय, बहाना र ठाउँ नपाएपछि एमालेले जबज छाड्यो भनेर हल्ला फिँजाइएको ओलीको गुनासो छ । 

सामाजिक सञ्जाल बन्द भएको विषयमा जेनजीहरूले सडक प्रदर्शनको तयारी गरिरहेको बेला ओलीले भने उनीहरूले देशको कानुन बुझ्ने पनि बताए । ुकतिपयले जेनजी पुस्तालाई विद्रोह गराउने कुरा पनि गर्छन्। तर जेनजी पुस्ता देशलाई माया गर्छ। देशको कानुन बुझ्छ। जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी होु ओलीले भने।  

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७