गैरकानुनी रूपमा बसेका ६ विदेशी नेपालबाट निष्कासित

धर्मप्रचार र गैरकानुनी व्यापारमा संलग्न


२०८२ भदौ २२ आइतबार १५:१६ बजे

काठमाडौं : अध्यागमन विभागले गैरकानुनी रूपमा नेपालमा बस्दै आएका ६ जना विदेशी नागरिकलाई पक्राउ गरी निष्कासन गरेको छ । चार इन्डोनेसियन, एक अमेरिकी र एक फ्रेन्चलाई निष्कासन गरिएको विभागले जनाएको छ। 

धर्म प्रचारमा संलग्न अमेरिकी नागरिक डेनियल एस। कौर्नीलाई ५० हजार रुपैयाँ जरिवाना गराई ११ वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए। पर्यटक भिसामा नेपाल आएका उनी बालगृहमा गएर इसाई धर्मको प्रचार गर्दै आएका थिए। त्यस्तै, सार्वजनिक स्थानहरूमा पनि खुलेआम धर्मको प्रचार गर्दै आएका थिए। उनलाई गत ९ भदौमा विभागले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, पर्यटक तथा अध्ययन भिसामा नेपालमा बसेर व्यापार गर्ने फ्रेन्च महिला माथिल्दे लिफिभ्रीलाई पनि विभागले निष्कासन गरेको छ। उनी गत २२ साउनमा पक्राउ परेकी थिइन्। उनलाई ५० हजार रुपैयाँ जरिवाना तिराई तीन वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ।  

त्यस्तै, ५ भदौमा पक्राउ परेका चार इन्डोनियसनलाई पनि तीन वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ। पर्यटक भिसामा नेपाल आएका उनीहरू कुरान र टर्किस भाषा पढाउने तथा धर्मको प्रचारसारमा लागेका थिए। 

भिसाको प्रयोजनविरुद्ध नेपालमा बस्ने विदेशीविरुद्धको कारबाहीलाई तीव्रता दिइएको प्रवक्ता ढकाल बताउँछन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७