ओलीको अगाडि थापा उभिरहे, ओलीले हेरिरहे


२०८२ भदौ २१ शनिबार १६:३७ बजे

ललितपुर : नेकपा एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत राख्न दिइएन । शुक्रबार गोदावरीमा भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले फरक मत प्रस्तुत गर्न वञ्चित गरेपछि थापा आधा घण्टासस्म उभिरहे ।

विधान महाधिवेशनमा आफ्नो फरक मत राख्ने कार्यसूचि रहेको भन्दै थापाले समय मागेका थिए । हलमा भएका अरू नेताहरूले पनि प्रश्न उठाएपछि अध्यक्ष ओलीले कर्ण थापासँग आफ्नो कुरा भइसकेको बताएका थिए । ओलीले केही दिनअघि आफू र थापाबीच तीन घण्टा लामो वार्ता भइसकेको र थापाले विश्वास दिलाउन नसकेको भन्दै फरक मत पढ्न अनुमति नदिएको विधान महाधिवेशनमा सहभागी एक नेताले बताए ।

थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने, उमेर सीमा र कार्यकाल सम्बन्धी प्रावधान हटाउनेजस्ता विषय समेटिएको ३२ पृष्ठ लामो प्रतिवेदन तयार पारेका थिए।

सचिवालय बैठकले उनलाई फरक मत राख्ने अवसर दिने निर्णय गरेको थियो। तर अध्यक्षले रोकिदिएपछि आफ्नो फरक मत समूहगत छलफलमै राख्नुपर्ने परिस्थिति बन्यो ।

विधान महाधिवेशनमा अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले राखेको प्रतिवेदनमाथि छलफल गर्न बनाइएको १० समूहमा अहिले समूहगत छलफल चलिरहेको छ ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७