रास्वपाबारे ओलीको प्रतिवेदन : समाजको मनोविज्ञान ‘पपुलिस्ट’हरूले सदुपयोग गरे, तर विकल्प होइन


२०८२ भदौ २२ आइतबार ०९:१३ बजे

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले संसदको चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समाजको गलत मनोविज्ञान सदुपयोग गरेर उदाएको ‘पपुलिस्ट’ शक्ति भएको ठहर गरेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जारी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा रास्वपा कुनै विकल्प नभएको र हुन नसक्ने ठहर गरिएको छ । 

विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि छलफल जारी छ । र, पारित हुन बाँकी छ ।

प्रतिवेदनमा नाटकीय ढंगबाट उदाएको रास्वपा प्रश्न भएको तर उत्तर नभएको पार्टीको रुपमा उल्लेख छ ।

‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गतः निर्वाचनबाट नाटकीय ढङ्गले राजनीतिक रङ्गमञ्चमा उदाए,’ प्रतिवेदनमा भनिएको छ, ‘विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको नेकपा (एमाले) लाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहीन गठबन्धन र त्यसले सिर्जना गरेको राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो ।’

रास्वपा विकल्प राजनीतिक रुपमा कुनै विकल्प नभएको र हुनै नसक्ने भन्दै पपुलिजम तरङ्ग जस्तै छिट्टै उठ्नु र छिट्टै सेलाउनु अनिवार्य भएको एमालेको ठहर छ ।  

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘पपुलिस्टहरू’ ले राम्रैसँग दुरुपयोग गरे। तर उनीहरूसँग प्रश्नहरू थिए, उत्तर थिएन। हातमा समस्याको चाङ थियो, तर समाधानको कुनै विकल्प थिएन। न कुनै वैचारिक–राजनीतिक स्पष्टता। न विगतको कुनै विरासत र योगदान। न कुनै सुस्पष्ट गन्तव्य। न त निश्चित वर्गआधार र लक्षित समूह। तलाउमा देखा पर्ने एउटा तरङ्ग जस्तै यस्तो पपुलिज्म उठ्नु र छिट्टै सेलाउनु अनिवार्य नै थियो।’

प्रतिवेदनमा सत्ता सहयात्री दल नेपाली कांग्रेसलाई ‘टेस्टेड’ भइसकेको भनिएको छ भने माओवादी केन्द्रलाई उग्रवामपन्थी भड्कावबाट बाहिर आउन नसकेको र ‘माओवादी’को भारीले थिचिएको बताइएको छ ।

एमालेले आफू नै सामाजिक अभियानको सारथी भएको दाबी पनि गरेको छ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७