कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ : सुरेन्द्र पाण्डे


२०८२ भदौ ७ शनिबार २१:२० बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीभित्र तानाशाही र निरंकुशता रहेको टिप्पणी गरेका छन् । 

आज (शनिबार) काठमाडौँमा आयोजित प्रकाश विकल्पको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसबाट पीडितहरुको जमघटले मात्रै समाज परिवर्तन नहुने बताए ।

‘कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ,’ पाण्डे भने, ‘यो सबै पीडितहरुको मात्रै जमघट जस्तो लाग्यो । पीडितको जमघटले समाज परिवर्तन हुँदैन ।’

फरक प्रसंगमा पाण्डेले लोकतन्त्रले देश विकास नहुने उल्लेख गरे । ‘यहाँ कतिपयले भन्नु भयो, लोकतन्त्रले देश विकास हुन्छ,’ उनले भने, ‘मलाई कहिलेकाहीँ लाग्छ, त्यसले मात्रै उत्तर पाइँदैन कि । दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे । कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ । संसारमा एउटै अनुभव छैन ।’

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल पनि थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७