विद्या भण्डारीलाई एमालेमा कसैले ‘इन्ट्री’ दिनु पर्दैन : कर्ण थापा

काठमाडौं । सत्तारुढ नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भण्डारी सक्रिय हुने विषयमा कसैको अनुमति लिनु नपर्ने पनि बताएका हुन् । आफैले निर्माण गरेको पार्टी भएकाले एमालेमा भण्डारीलाई कसैले ‘इन्ट्री’ दिनु नपर्ने उनले बताएका छन् ।
भण्डारीको सदस्यताको बारेमा क–कसले के–के भने भन्नेबारे आफूले केही टिप्पणी नगर्ने उनले बताए । भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय उल्टने उनले दावी गरे ।
जनताको अधिकार, समानता, स्वतनत्रता र न्यायका निम्ति स्थापित एमालेभित्र राजनीति गर्न पाइँदैन भन्ने अशोभनीय भएको थापाको भनाइ थियो । थापाले कसैलाई अपमान, तिरष्कार, तेजोबोध गर्ने र लाञ्छना लगाउने कार्य एमाले पंक्तिले गर्न नहुने पनि बताएका छन् ।