गौर हत्याकाण्डबारे माओवादी : हत्या गर्न पाइँदैन


२०८२ भदौ ७ शनिबार १६:५३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले २०६३ सालमा भएको गौर हत्या प्रकरण निष्पक्ष र स्वतन्त्र ढंगले छानबिन गर्नुपर्ने बताएका छन् । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घटनालाई राजनीतिक प्रकृतिको भनेपछि गुरुङले त्यसप्रति आपत्ति जनाउँदै भने, ‘राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि कानुनी रुपमा कसैलाई घेराबन्दी गरेर सामुहिक हत्या गर्न पाइँदैन ।’

गुरुङका अनुसार घटनाको समयमा मधेसी जनअधिकार फोरम (हाल जसपा नेपाल) को नेतृत्व उपेन्द्र यादवकै हातमा थियो र मानवअधिकार आयोगले समेत यादवलाई लक्षित गर्दै प्रतिवेदन पेस गरेको थियो । उनले थपे, ‘गौर काण्डप्रति हाम्रो अडान सधैं एउटै हो–निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन हुनुपर्छ र दोषीलाई कानूनी कारबाही गर्नुपर्छ ।’

सर्वोच्च अदालतले हालै छानबिनको आदेश दिएकोबारे पनि उनले राजनीतिक आशंका उठाएका छन् । जसपा नेपालले भूमि विधेयकको विरोध गर्दै सरकारबाट बाहिरिएको सन्दर्भ जोड्दै उनले भने, ‘अदालतको निर्णयलाई हामी मान्छौँ, तर यो समय सन्दर्भले सरकारको राजनीतिक प्रतिशोध लिएको हो कि भन्ने प्रश्न उठ्छ ।’ महासचिव गुरुङले न्यायिक निकाय स्वतन्त्र हुनुपर्ने भन्दै, अदालतले गरेका निर्णय जस्तो भए पनि माओवादीले स्वीकार गर्ने स्पष्ट पारे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७