परराष्ट्रमन्त्री राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता


२०८२ भदौ ७ शनिबार १७:०५ बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति सुआन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेकी हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी छन् ।

उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री राणा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबिच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुनेछ । उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७