रवि राखिएको नख्खु कारागारका जेलरको डोल्पा सरुवा

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारका जेलरको डोल्पा सरुवा भएको छ । गृह मन्त्रालयले आज (बुधबार) गरेको निर्णय अनुसार नख्खु कारागारका जेलर भीम राज कोइरालाको सरुवा गरिएको हो ।
उनलाई सरुवा गरेर जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ । नख्खु कारागारमा भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई स्थानान्तरण गरेर ल्याइएको छ । लामिछानेलाई रुपन्देहीबाट नख्खु ल्याइएको हो ।