मिक्लाजुङ अस्पताललाई ल्याब उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको घोषणा


२०८२ भदौ ७ शनिबार २०:२६ बजे

मोरङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिक्लाजुङ गाउँपालिकाको मिक्लाजुङ अस्पताललाई ल्याब उपलब्ध गराउने घोषणा गरेका छन् ।

आज (शनिबार) मधुमल्ला बाल अस्पतालको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (ध्ज्इ) सँग सम्झौता भएका एक सय ल्याबमध्ये एक ल्याब मिक्लाजुङ अस्पताललाई दिने प्रतिवद्धता जनाए ।

उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै मधुमल्ला अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवाको प्रशंसा गरे ।

गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा आवश्यक उपकरण तयार भइसकेकाले दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिए । त्यस्तै, उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम भइरहेको बताए ।

कार्यक्रममा मधुमल्ला अस्पतालका लागि जग्गा उपलब्ध गराउने दाताहरुलाई सम्मान गरिएको थियो । संघीय मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा करिब एक करोड ९८ लाख ६१ हजार २८३ रुपैयाँ लागतमा बालमैत्री अस्पतालको भवन निर्माण भएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७