नाउपा रुपन्देही–३ को उपचुनाव लड्न अयोग्य, आयोगले दियो यस्ता कारण


२०८२ भदौ २ सोमबार २०:०८ बजे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देही–३ को उपचुनाव लड्न अयोग्य ठहरिएको छ । निर्वाचन आयोगले सोमबार दर्ता भएका दलहरुको सूची सार्वजनिक गरेकोमा नागरिक उन्मुक्ति पार्टीको नाम रहेको छैन । आयोगले २७ वटा दल दर्ता हुन निवेदन आएकोमा २६ वटा मात्रै दर्ता हुन योग्य भएको जनाएको छ । 

अयोग्य रहेको दलमा नागरिक उन्मुक्ति पार्टी रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसक्नुका तीन कारण दिएको छ । आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नाउपा चुनाव लड्न अयोग्य हुनुमा नयाँ कार्यसमितिले बैधानिकता नपाउनु र अध्यक्ष रञ्जिता श्रेष्ठले दल दर्ता हुन केन्द्रीय समितिको निर्णय र बार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्न नसक्नु रहेको जनाए ।

‘नयाँ कार्यसमितिले बैधानिकता पाएन, नागरिक उन्मुक्ति पार्टी ती मान्छेहरुको साथमा रहेन,’ भण्डारीले भने, ‘रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठकको निर्णय र वार्षिक लेखा परीक्षण प्रतिवेदन बुझाउन सक्नु भएन । प्रमाण नपुगेपछि दर्ता हुने कुरा भएन ।’

नाउपा संरक्षक रहेका रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अपदस्त गर्दै आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका थिए ।  लालवीरको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिलाई अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन समेत दिएका थिए । तर, आयोगले यसलाई बैधानिकता दिन अस्वीकार गरेर रञ्जिता नेतृत्वको कार्यसमितिले नै बैधानिकता पाउने निर्णय गरेको थियो । भण्डारीका अनुसार यो उपचुनावभर नाउपाले निर्वाचनमा भाग लिन पाउने छैन । कार्तिक १७ गते उपचुनाव हुँदैछ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७