प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची


२०८२ भदौ ५ बिहीबार ०७:३५ बजे

काठमाडौं । संघीय संसद अन्तर्गत आज (बिहीबार) पनि प्रतिनिधि सभा बैठक बस्दैछ । आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७