एमाले पोलिटब्यूरो बैठकमा कर्ण थापा र ओलीबीच ‘नोंकझोंक’


२०८२ श्रावण २ शुक्रबार २०:१० बजे

काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा स्थायी कमिटी सदस्य कर्ण थापा र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच ‘नोंकझोंक’ भएको छ । शुक्रबारको बैठकमा उनीहरुबीच सवालजवाफ भएको हो ।

बैठक सुरु हुना साथ स्थायी कमिटी सदस्य थापाले बोल्न खोजेका थिए । तर अध्यक्ष ओलीले तपाईको बोल्ने पालो आएको छैन भन्दै रोके । त्यसक्रममा उनीहरुबीच सवालजवाफ भएको वैठकमा सहभागी एक सदस्यले जानकारी दिए । 
‘प्रतिवेदन पेस पश्चात बोल्ने पालो आएपछि थापाले ७० वर्षे उमेर हद र दुई कार्यकालको कुरा उठाएका थिए, ती नेताले थापाले बोलेको कुरा उद्धृत गर्दै भने, ‘तपाई (ओली) ६० वर्षको हुँदाखेरी ७० वर्षे उमेरहदको कुरा उठेको थियो ।

त्यतिखेर तपाईले उठाउनु भयो । अहिले अब हामी ६० वर्षका भएका छौँ, तपाईं ७० वर्षको पुग्नुभयो । हामीले अहिले उक्त कुरा उठाउन किन नपाउने ?’

पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।  पौडेलले विधानमा गर्नुपर्ने हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । पौडेलपछि महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गरिरका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७