‘प्रहरी विधेयकमा हवल्दारसम्म १६ वर्षमै पेन्सनमा जान पाउने व्यवस्था छ’

ट्राफिक सचेतना कक्षा अब अनलाइनबाटै


२०८२ असार २९ आइतबार २०:२३ बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका रुपमा चिनिँदै गएको बताएका छन् । 

प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा दू्रत विकास भइरहेको जानकारी दिए । ‘अस्थायी प्रहरी चौकीको माग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नति-स्थापनाको बढी माग छ’, उनले भने, ‘नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।’

नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको उल्लेख गर्दै गृहमन्त्री लेखकले केही दिनपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पुनः विधयेकमाथि छलफल सुरु हुने बताए । ‘प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाएर अवकासमा जाने व्यवस्था विधयेकमा गरिएको छ’, उनले भने, ‘प्रहरीको उच्च मनोवलका साथ कार्य दक्षता बढ्न सकोस् भनेर प्रहरी संगठनलाई तुलनात्मक रुपले आगामी आवका लागि बढी बजेट विनियोजन गरिएको छ ।’

आमनागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । अनलाइन सचेतना कक्षा सञ्चालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यतात्मक अवस्था हट्ने छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७