राप्रपा उपाध्यक्ष गिरी पदमुक्त


२०८२ श्रावण २ शुक्रबार १६:४२ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका हुन् । अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए । सुवेदी र लावतीलाई पदमुक्त गर्ने अध्यक्ष लिङ्देनको कदम स्वेच्छाचारी भन्दै उपाध्यक्ष गिरीसहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्ती शाहीले बिहीबार विज्ञप्ति जारी गरेका थिए ।

अध्यक्ष लिङ्देनले आफूले मनोनीत गरेकाहरूले आफूविरूद्ध गुट बनाएर घेराबन्दी गरिरहेको बताएका थिए । राप्रपामा ८ जना उपाध्यक्ष छन् । तीमध्ये ४ जना महाधिवेशनबाट निर्वाचित र बाँकी ४ जना अध्यक्ष लिङ्देनले मनोनीत गरेका थिए । सुर्खेतका मुकुन्दश्याम गिरीलाई अध्यक्ष लिङ्देनले २०७८ माघ १६ गते उपाध्यक्ष पदमा मनोनीत गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७