३ अर्ब ७ करोड चाहिन्छ, सरकारले ६१ करोड १८ लाख दिन्छ, २०६ रुपैयाँले पालिनुपर्छ : आईजीपी अर्याल


२०८२ श्रावण २ शुक्रबार १५:०० बजे

काठमाडौं : सशस्त्र प्रहरीका आइजिपी राजु अर्यालले संगठनलाई रासन, पोशाक खर्च, सवारी साधनदेखि आवाससम्म अपुग रहेको गुनासो गरेका छन्।

शुक्रबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले संगठनले अहिले पाइरहेको बजेट रासन, सवारी साधन, पोसाक, आवास सबै क्षेत्रमा अपुग हुने खालको भएको बताएका हुन्।  

गृहमन्त्री रमेश लेखकको अघि उनले भने,  ‘रासनका लागि एक जनालाई दैनिक २०६ रुपैयाँ छ, त्यसले बिहानदेखि बेलुकीसम्म पालिनुपर्ने अवस्था छ। सबै पोशाकका लागि वर्षमा ३ अर्ब ७ करोड चाहिन्छ तर सरकारले वार्षिक ६१ करोड १८ लाखमात्रै दिने गरेको छ।’

उनले सिन्धुलीसहित १७ जिल्लामा कार्यालय अस्थायी रूपमा रहेको बताए। सरकारले ५ सय ठाउँमा बिओपी राख्ने लक्ष्य राखे पनि अहिलेसम्म २६० ठाउँमा मात्रै राखिएको र त्यहाँ गस्तीका लागि सवारी साधनदेखि बस्न आवासको प्रबन्ध गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।

अर्यालले ५ सय ठाउँमा सशस्त्रको सीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको पनि बताए। अहिले १७ जिल्लामा अस्थायी कार्यालय रहेको, २६० ठाउँमा मात्रै बीओपी भएको र गस्तीमा केही ठाउँमा सवारी साधन अपुग भएको पनि गुनासो गरे।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७