कान्ति लोकपथ सञ्चालनमा


२०८२ असार २६ बिहीबार १७:२९ बजे

मकवानपुर । कान्ति लोकपथ १४ घण्टापछि सञ्चालनमा आएको छ । सडकको भित्ता तासेर र तल्लो भागमा जग उठाएपश्चात बिहीबार अपराह्न ३ बजेदेखि कान्ति लोकपथ सञ्चालनमा आएको हो ।  
वर्षाका कारणले सडक नै बगेकाले कान्ति लोक पथ बिहीबार बिहान एक बजेदेखि नै अवरुद्ध भएको थियो ।

‘डोजर र एक्स्काभेटर लगाएर १४ घण्टापछि कान्ति लोकपथ सञ्चालनमा ल्याइएको छ,’ इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक विद्यासागर मेहताले भने, ‘बिहीबार एक बजे बिहानदेखि अवरुद्ध भएको कान्ति लोकपथ अपराह्न ३ बजेपछि सञ्चालन आएको हो ।’ बुधबार राति परेको अविरल वर्षाका कारणले कान्ति लोकपथस्थित ठिंगन–बागमती खोलाको सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका–८ वगुवामा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । सडकको भाग नै नै पहिरो गएर सडक साँघुरो बनेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७