प्रधानमन्त्री तुर्केमिनिस्तान जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमिनिस्तान जाने भएका छन् । आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही साउन १८ गते तुर्केमिनिस्तान जान लागेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ । सगरमाथा संवाद ग¥यौँ विश्वको ध्यान खिच्यौं । अस्ती भर्खर पनि म स्पेन गएँ यिनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौं । फेरि तुर्केमिनिस्तान जाँदैछु । सायद यही १८ गते ।’ उनले प्राकृतिक रुपमा भएको क्षतिलाई कसरी कम गर्दै लैजाने भन्नेबारे विश्वका विभिन्न मञ्चमा सरकारले आफ्नो कुरा स्पष्ट राखेको ओलीको भनाइ छ ।
त्यस्तै ओलीले विकासशील राष्ट्र भइसकेपछि दिगो विकास गन्त्व्य पूरा गर्न लाग्नुपर्ने चुनौती रहेको सुनाए । ‘हामी विकासशील राष्ट्र भयौं भनेर चुप लागेर बस्ने होइन त्यसपछि हामीले दिगो विकास गन्तव्य २०३० भित्र पूरा गर्ने कठोर चुनौती छ,’ उनले भने, ‘दुनियाँको धेरै देशभन्दा नेपाल अगाडि छ ।’