जनार्दन लक्षित प्रचण्डको सम्बोधन : बाहिर गइरहेको इम्प्रेसनलाई चिर्नु पर्‍यो

टुङ्गियो स्थायी कमिटी बैठकको एजेण्डा


२०८२ श्रावण १४ बुधबार १७:३२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता र नेताहरुबीचको एकतालाई सुदृढ बनाएर लैजानु पर्ने बताएका छन् । आज (बुधबार) पेरिसडाँडामा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले अहिले बाहिर गएको इम्प्रेसनलाई चिरेर जानुपर्ने र त्यसबारे अब बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘पार्टी र नेताहरुबीचको एकतालाई पनि अलि सुदृढ गरेर जानु पर्‍यो,’ प्रचण्डको भनाइ छ, ‘बाहिर अहिले जुन इम्प्रेसन गइरहेको छ, त्यसलाई चिरेर जानु पर्‍यो ।’ करिब एक घण्टाको बैठकमा महासचिव देव गुरुङले १६ गतेदेखि बस्न लागेको स्थायी समिति बैठकका एजेण्डा राखेका थिए । 

त्यसपछि संक्षिप्त धारणा राखेका प्रचण्डले उपमहासचिव जनार्दन शर्माको नाम समेत नलिइन यसबारे स्थायी समिति बैठकमा छलफल हुने बताएका थिए । ‘आजको सम्बोधन हेर्दा यसलाई चर्काएर जाने स्थितिमा अध्यक्ष हुनुहुन्न,’ ती नेताले सुनाए, ‘त्यही भएर अरुले पनि केही बोल्नु भएन ।’ बैठकमा प्रचण्डले मात्रै धारणा राखेका छन् ।

टुङ्गियो स्थायी कमिटी बैठकको एजेण्डा
नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

उनले स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने बताए । त्यस्तै पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्रता दिने विषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषयलगायतमा छलफल गर्ने एजेण्डा तय भएको उनले बताए ।

संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयिक प्रस्ताव पारित गरिने सापकोटाले बताएका छन् । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मिति समेत तय गर्ने उनले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७