सांसदहरूमै पनि छुवाछुत कायम छ : सांसद आलेमगर


२०८२ श्रावण १४ बुधबार १६:०३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरूबीचमै छुवाछुत कायम रहेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै मानिसहरू जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए। 

उनले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरू कानूनको दायरामा आउन नसकेको बताए । सामाजिक अपराध भनेको जघन्य अपराध भएको उल्लेख गर्दै करोडपति र दलितका विरूद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरूमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको उनले बताए ।

समितिको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले समाज परिवर्तनमा सबैले भूमिका खेल्नुपर्ने बताए । उनले छुवाछुतमुक्त समाज बनाउन आफूहरू सबै लागेको उल्लेख गरे । अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरू समाजमा रहेको उनको भनाइ छ । समितिको बैठकमा बुधबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७