अनामनगरबाट ‘मर्निङ वाक’ निस्किएका कुँवर अझै भेटिएनन्

काठमाडौं । अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् ।
यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका–२९ अनामनगर अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’ का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए । देवबहादुरले भने, ‘काका हराउनु भएको आज पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।’
कुँवर हराएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले भने, ‘कुँवरको खोजी जारी छ, विभिन्न यनिटमार्फत प्रयास भइरहेका छ ।’