सरकारले समस्याग्रस्त सहकारीका ५६ हजार बचतकर्ताको रकम फिर्ता गर्ने


००:२४ बजे

काठमाडौं । सरकारले १५ वटा समस्याग्रस्त सहकारीका ५६ हजार १०६ बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । ती सहकारीमा बचतकर्ताका ३५ अर्ब रकम रहेकोमा २९ करोड रकम सरकारले दामासाहीका हिसाबले फिर्ता गर्न तयारी गरेको हो ।

समस्याग्रस्त सहकारीबाट लामो समयदेखि रकम नपाएका बचतकर्ताको रकम सोमबारदेखि खातामा पठाउने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जानकारी दिएको छ । जम्मा भएको रकम दामासाहीका हिसाबले अर्थात कुल रकम बराबर हुने गरी सम्पूर्ण बचतकर्तालाई बाँड्न लागिएको हो । यसरी फिर्ता पाउने रकममा प्रतिब्यक्ति ६०३ रुपैयाँदेखि ४५ हजारसम्म छ । 

हाम्रो नयाँ कृषि सहकारी संस्थाका बचतकर्ता र गौतम श्री सहकारीका बचतकर्ताले प्रतिव्यक्ति ४५ हजार र शिवशिखरका बचतकर्ताले प्रतिव्यक्ति ६०३ रुपैयाँ मात्रै पाउने छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अब ३४ अर्ब ७१ करोड रुपैयाँ फिर्ता गर्नु पर्नेछ ।

कुल ३८ अर्ब ४२ करोडमध्ये यसअघि केहीको हिसाबकिताब मिलान र केहीलाई रकम गरी ३ अर्ब ७१ करोड फिर्ता भइसकेको समितिले जनाएको छ । सहकारी सञ्चालकले जग्गा दिन चाहे त्यसमा समितिले सहजीकरण गरिरहेको छ । अहिलेसम्म समस्याग्रस्त घोषित भएका २३ मध्ये तीन वटा सहकारीको हिसाबकिताब राफसाफ भएकाले अब फिर्ता गर्न बाँकी सहकारीको संख्या २० रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७