यो सरकारको सोचै गलत छ : शेखर कोइराला


०१:३६ बजे

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताएका हुन् । 

उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति जनाएका छन् । मन्त्रीहरूलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने उनले बताएका छन् । उनले भने, ‘अब छिटो भन्दा छिटो नेपाली कांग्रेसको नेतृत्व सभापतिजीले नै लिनु हुन्छ । लिएर अगाडि बढ्नुहोस् । सकारात्मक सोचबाट हामी अघि बढौँ । हामी सक्छौँ । हाइड्रो पावरमा हामीले ध्यान दिनुपर्छ । यो सामान्य खेती गरेर मात्रै हुँदैन, तपाईंहरुलाई लाग्ला यसले बढी बोल्यो भनेर तर म अहिले पनि २० बिगाह उखु लगाउँछु । २० बिगाह छ मेरो । यो सरकारको सोच कति गलत छ हेर्नुस् । सभापतिजीलाई थाहा नै छैन । २५ वर्षदेखि सुगर किन्न अनुदान दिइरहेको थियो । उखु किसानलाई । यस पटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन । जम्मा डेढ अर्ब लाग्थ्यो । मन्त्रीहरू विदेश गएको गई देख्छु । दुई–चार पटक मन्त्रीहरू विदेश नगइदिए त डेढ अर्ब त यहीँ उठिहाल्छ । यस्तो सोच राखौँ । आम किसानलाई त दिनुपर्छ । किसानलाई नयाँ टाइपले हेर्नुपर्छ ।’

सांसद कोइरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताए । गर्न सकिँदैन भन्ने नभई हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको उनले जिकिर गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७