बाग्मती कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु


२०८२ श्रावण १४ बुधबार १५:०७ बजे

काठमाडौं । नेपाली कांग्रेसको बाग्मती प्रदेश संसदीय दलको नेता छान्न मतदान सुरु भएको छ । कार्यतालिका अनुसार २ बजेबाट सुरु हुने भनिएको मतदान भर्खरै सुरु भएको हो । दलको नेताका लागि कांग्रेस बाग्मती प्रदेशका सभापति समेत रहेका इन्द्र बानियाँ र बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुँदैछ ।

०७९ पुस १३ मा भएको संसदीय दलको चुनावमा लामासँग बानियाँ पराजित भएका थिए । वाग्मतीमा कांग्रेसका ३७ सांसद छन् । ०७९ को संसदीय दलको निर्वाचनमा लामाले २१ मत पाएका थिए । बानियाँले १६ मत पाएका थिए । कम्तीमा १९ मत ल्याउँदा बहुमत पुग्छ । बानियाँ पक्षमा २२ सांसद खुलेर उभिएका छन् भने लामा पक्षमा १५ सांसद देखिएका छन् । मतदानपछि परिणाम सार्वजनिक गरिनेछ र त्यसको आधारमा कांग्रेस संसदीय दलको नयाँ नेता तय हुनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७