अर्थमन्त्री र गभर्नरबीच दरार खोजी गर्नेहरु आउने दिनमा निराश हुनेछन् : अर्थमन्त्री पौडेल


२०८२ जेठ २७ मंगलबार ०९:३९ बजे
फाइल फोटो

 काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजी गर्नेहरू आउने दिनमा निराश हुने बताएका छन्। आज (मंगलबार) काठमाडौंमा भएको प्रि–मनिटरी पोलिसी डिस्कसनमा मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले मौद्रिक नीति र वित्त नीतिको बीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरको बीचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताए। 

मन्त्री पौडेलले अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको जिकिर गरे। यी दुई संस्था र पदाधिकारीका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको बताए। उचित संयोजन र सन्तुलन कायम हुनसके, पारस्परिकसम्बन्धी जीवन्त हार्दिक हुनसके र एकले अर्काका विषयहरु सुन्ने, बुझ्ने र सघाउने उद्देश्यका साथ अघि बढ्न सके भने समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। यी दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पर्ने बताए।  

मौद्रिक नीति र वित्त नीतिमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने नभइ यी दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए। आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्ने र मुलुकको अर्थतन्त्र गतिशिल बनाउन प्रयास गर्ने बताए। मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरु उठ्ने गरेको बताउँदै अर्थमन्त्री पौडेलले सुशासनका प्रश्नमा कतै न कतै चुक्ने गरेको जिकिर गरे। उपप्रधानमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्ने मनोविज्ञान रहेको बताउँदै आफूहरुको जिम्मेवारी समस्या छ भनेर समस्याको वर्णन गर्नमा सीमित हुन नहुने बताएका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७