प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ तालिका


२०८१ चैत ४ सोमबार ०२:३४ बजे

काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज (सोमबार) पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद सचिवालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७