सन्दीप लामिछाने अस्पताल भर्ना


२०८१ माघ ९ बुधबार ०१:०१ बजे
फाइल फोटो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । उनी हर्नियाको उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पतालमा भर्ना भएका हुन् । उनको शल्यक्रिया सफल भएको छ । डा. दिपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो ।

सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो । पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । करिब डेढ घण्टामा शल्यक्रिया सकिएको अस्पतालले जनाएको छ । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोस बनाइएको थियो ।

सन्दीप ४-५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालका प्रवन्धक डा. अभिषेक राज सिंहले जानकारी दिएका छन्। उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् । ‘उहाँले एक महिना रेस्ट गर्नुपर्छ, अन्यथा विभिन्न जोखिमहरु हुन सक्छन्’, डा. सिंहले भने । पेटभित्रका अंग फुलेर बाहिर गाँठो जस्तो देखिने समस्यालाई हर्निया भनिन्छ । पेटको मांसपेसी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । उक्त प्वालबाट पेटभित्रको बोसो आन्द्रा सुन्निएर आउँछ र गाँठो जस्तो देखिने डाक्टरहरु बताउँछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७