‘पुटिनले आणविक हतियारको खतरा बुझ्नु हुन्न’


१६:१७ बजे

ओस्लो । जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले सोमबार मस्कोको आणविक सिद्धान्तलाई भर्खरै अपडेट गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा नबुझेको भनेको छ । 

‘राष्ट्रपति पुटिन, मलाई लाग्दैन कि उहाँले मानवका लागि आणविक हतियार के हो भनेर साँच्चै बुझ्नु भएको छ’, निहोन हिडान्क्योका ९२ वर्षीय सह–अध्यक्ष तथा नागासाकीमा सन् १९४५ को आणविक बम विस्फोटबाट बचेका तानाकाले भने, ‘आणविक हतियारहरू त्यस्ता चीज हुन् जसलाई कहिल्यै प्रयोग गर्नु हुँदैन, परमाणु हतियारको प्रयोग... मानवताको विरुद्धमा हुनेछ ।’

ओस्लोमा एक औपचारिक समारोहमा निहोन हिडान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार प्रदान गर्नुभन्दा एक दिनअघि ओस्लोमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तानाकाले यस्तो बताएका हुन् । सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पुटिनले आणविक धम्की जारी गर्न थाले र नोभेम्बरको अन्त्यमा आणविक हतियार प्रयोग गर्ने सीमा कम गर्ने आदेशमा हस्ताक्षर गरे ।

आधारभूत आणविक विरोधी सङ्गठन निहोन हिडान्क्यो सन् १९५६ मा स्थापना गरिएको थियो र परमाणु बमबाट बचेका व्यक्तिहरूको एक मात्र राष्ट्रव्यापी सङ्गठन हो । यसलाई हिबकुसा भनिन्छ । सन् १९४५ अगस्ट ६ मा संयुक्त राज्य अमेरिकाले जापानी सहर हिरोशिमामा आणविक बम विस्फोट गर्दा करिब एक लाख ४० हजार मानिस मारिएका थिए ।
 तीन दिनपछि नागासाकीमा अर्को अमेरिकी आणविक बम विस्फोट हुँदा थप ७४ हजार मानिसको मृत्यु भएको थियो ।

बचेका व्यक्तिहरूले विकिरण रोग र क्यान्सरको उच्च जोखिम लगायत दीर्घकालीन असरहरू भोगेका थिए । यी विस्फोटहरू इतिहासमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना थियो । नर्वे नोबेल समितिले निहोन हिडान्क्योलाई ‘आणविक हतियारहरूबाट मुक्त संसार प्राप्त गर्ने प्रयासका लागि र साक्षी प्रमाणमार्फत आणविक हतियारहरू पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकोमा’ सम्मानित गरेको छ । रासस / एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७