उद्योग धन्दा बन्द गराएर देशलाई टाट पल्टिन दिइँदैन : प्रधानमन्त्री ओली


२०८१ कार्तिक २६ सोमबार ०१:०३ बजे
फाइल फोटो

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुने गरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पारेका छन्। विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाए ।

उद्योगहरूमा काटिएका बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि हालतमा देश बिगार्न दिइन्न, उद्योगधन्दा निर्वादरूपमा सञ्चालन हुनुपर्छ ।’ प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनु पर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया सुरु हुने स्पष्ट पारे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७