बाढी–पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या २२६ पुग्यो, २५ जना अझै बेपत्ता


२०:१९ बजे

काठमाडौं । दुई दिन  परेको अविरल वर्षाका कारण बाढी–पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या २२६ पुगेको छ भने २५ जना अझै बेपत्ता छन् ।  आज (मंगलबार) साँझ ६ बजेसम्मको तथ्यांकअनुसार सुरक्षाकर्मीले १३ हजार ६१ जना बढीको उद्धार गरेका छन् । यस्तै प्राकृतिक विपदमा १५९ जना घाइते भएको प्रहरीले जनाएको छ । 

यस्तै, अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरूद्ध भएको हुँदा लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।  त्यस्तै, अवरूद्ध सडक बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७