बाढी–पहिरो पीडितलाई २ लाख राहत, घाइतेको नि:शुल्क उपचार


२०८२ असोज १९ आइतबार १८:३५ बजे

काठमाडौँ : बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल राहत स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टका अनुसार मृतकका परिवारलाई राहत दिन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई स्पष्ट निर्देशन दिइएको छ।

स्थानीय तहसँग समन्वय गरेर राहत उपलब्ध गराउने काम तीव्र पारिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित इलाम जिल्लामा मात्रै हालसम्म ७० लाख रुपैयाँ राहतका लागि उपलब्ध गराइसकेको छ।

साथै, प्राधिकरणले सबै प्रभावित जिल्लाका प्रशासन कार्यालय र स्थानीय तहहरूसँग खोज, उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई निरन्तरता दिन आग्रह समेत गरेको छ। देशभर हालैको अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति पुगेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७