काभा भलिबल : भारतविरुद्ध तेस्रो सेट नेपालको पक्षमा
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतविरुद्ध नेपालले २–१ को सेटमा अग्रता लिंदै उत्कृष्ट पुनरागमन गरेको छ । त्रिपुरेश्वरस्थित कर्भड हलमा भइरहेको लिग फाइनलमा नेपालले भारतविरुद्धको तेस्रो सेट आफ्नो पक्षमा पारेको हो ।
यसअघि नेपालले पहिलो सेट आफ्नो पक्षमा पार्दा भारतले दोस्रो सेट जितेको थियो । नेपालले पहिलो सेट २५–२३ ले जित्दा दोस्रो सेट १४–२५ ले गुमाएको थियो । तेस्रो सेट भने नेपालले २५–२२ ले जितेको हो ।
.gif)

.png)

