काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित


२०८१ श्रावण १९ शनिबार १८:०८ बजे

काठमाडौं । नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगको दोस्रो खेलमा नेपालले भारतलाई स्तब्ध पारेको हो ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भारतविरुद्ध भएको खेलमा ३–२ सेटले नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । नेपाल र भारत बीचको अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । नेपालले पाँचौ सेटमा १५–१३ बनाएर जित आफ्नो पक्षमा पारेको हो ।

पहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट नेपालले १२–२५ ले सेट गुमायो । तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिँदै २५–१७ ले सहजै जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । पाँचौ सेटमा १५–१३ को जित निकाल्यो । यो जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७