पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि


२०८१ असोज ५ शनिबार ०१:५९ बजे

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।  शनिबार राति भएको उपाधि भिडन्तमा उज्वेकिस्तानको हुमोलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। 

पुलिसले हुमोलाई २५-१६, २५-२२ र २५-२३ ले पराजित गर्दै उपाधि जितेको हो।  यसअघि पुलिसले समूह चरणमा लगातार पाँच खेलमा जित निकालेको थियो। पुलिसले शुक्रबार भएको अन्तिम खेलमा माल्दिभ्स पुलिसलाई हराउँदा चौथो खेलमा चौथो खेलमा माल्दिभ्सकै वाम्कोमाथि ३-२ को रोमाञ्चक जित निकाल्यो। 


यसअघि पुलिसले तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल र सोमबार पुलिसले श्रीलंका एयर फोर्सलाई ३-० ले हराएको थियो। नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको पुलिसले आइतबार भएको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। 

प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो।
त्यस्तै पुलिसमा साउनमा नै भुटानमा भएको काभा बीच भलिबलमा स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरी पनि छन् । कमलाकै कप्तानीमा पुलिसले काभा क्लब च्याम्पियनसिप जितेको छ ।

पुलिसको भलिबल टोली
कमला पुन‌ (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७